काँग्रेस विशेष महाधिवेशन: आज नयाँ नेतृत्व चयनको कार्यतालिका

२०८२ पुष ३० गते बुधवार
सारांश
  • नेपाली काँग्रेसको विशेष महाधिवेशन अन्तर्गत आज नयाँ नेतृत्व चयनको कार्यतालिका रहेको छ ।

काठमाण्डौ, ३० पुष । नेपाली काँग्रेसको विशेष महाधिवेशन अन्तर्गत आज नयाँ नेतृत्व चयनको कार्यतालिका रहेको छ ।

 

निर्वाचन समितिले गएराती ९ बजेदेखि मतदान शुरु गर्ने गरि कार्यतालिका सार्बजनिक गरेपनि मनोनयन दर्ताको प्रक्रिया शुरु गरेर मतदान आजको लागि सारेको थियो । समितले आज बिहान ८ बजेदेखि पुन: निर्वाचनको प्रक्रिया शुरु हुने बताएको छ ।

 

यसअघि मंगलबार बन्दसत्रले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका विधान संशोधन र राजनीतिक प्रस्ताव सुझावसहित सर्वसम्मत पारित गरेको थियो ।

 

बन्दसत्रले मंगलबार बनाएको पाँच सदस्यीय निर्वाचन समितिले निर्वाचन प्रक्रिया अघि बढाएको छ । वरिष्ठ अधिवक्ता सीताराम केसीको संयोजकत्वमा रहेको निर्वाचन समितिमा अशोक पोखरेल, गोकर्ण बन्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम सदस्य रहेका छन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार